Powered by Blogger.
दोलखामा वाम गठबन्धनको क्लिन स्वीप

दोलखा । दोलखा जिल्लामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ ।

नेकपा एमाले उम्मेदवार पार्वत गुरुङ नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कासँग ३० हजार ६ सय ४४ मतले पछि पार्दै विजयी भएका छन् । विजयी गुरुङले ५५ हजार ४ सय ५७ मत ल्याएका छन भने खड्काले २४ हजार ८ सय १३ मत ल्याएका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विशाल खड्काले २८ हजार ३ सय ५० मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेस उम्मेदवार बर्मा लामाले १२ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेससभातर्फ क्षेत्र नम्बर २ का एमाले उम्मेदवार पशुपति चौलागाँईले २३ हजार ५८ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार केशवराज चौलागाँईले १० हजार ८ सय ८० मत ल्याएका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.