Powered by Blogger.
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं, ३ मंसिर । दोलखा जिल्लामा स्वदेशी लगानीमा निमार्ण भइरहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

आयोजनाको ८ दशमलव २ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएसँगै आयोजनाको ‘ब्रेक थ्रु’ भनिएको छ । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ भएको जनाएको छ । अब सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

अहिले विद्युत् गृह जडानको काम भइरहेको छ । ३५ अर्ब ३० करोड रुपैयाँमा बन्न लागेको आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रुपैयाँ लगानी रहेको छ । 

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने सेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई सेयर वितरण गरिने भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.