Powered by Blogger.
समानुपातिकतर्फ दोलखामा कांग्रेसलाई उछिन्दै एमाले

दोलखा । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दोलखामा समानुपातिकतर्फ पनि एमाले नै अघि देखिएको छ ।

एमालेले प्रतिनिधिसभामा ३८ हजार ७ सय २० र प्रदेशसभामा ३५ हजार ५ सय ७४ मत प्राप्त गरेको छ । एमालेलाई पछ्याएको नेपाली कांग्रेसले प्रतिनिधिसभामा २० हजार ८ सय ३८ र प्रदेशसभामा १८ हजार ६ सय ११ मत पाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ हजार ५ सय २८ र प्रदेशसभामा १५ हजार ४ सय ३७ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रतिनिधिसभामा १ हजार २ सय ५२ र प्रदेशसभामा १ हजार १ सय ३७ मत पाएको छ भने नेकपा मालेले प्रतिनिधिसभामा ९ सय ८७ र प्रदेशसभामा ९ सय ८९ मत पाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.