Powered by Blogger.
पशुपति चौलागाईं भन्छन्ः दोलखा जलविद्युतको हव बन्छ

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले दोलखा जिल्ला जलविद्युतको हव बन्ने बताए ।

दोलखाली पत्रकार समाजले आयोजना गरेको बधाई कार्यक्रममा एमाले नेता चौलागाईले उक्त कुरा बताएका हुन् । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्यूत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको र ९५ मेगावाटको माथिल्लो तामाकोशी पाँचौंको निर्माण सुुरु हुने, निजी क्षेत्रबाट १ सय ५० मेगावाट विद्युत उत्पदन हुने क्रममा रहेको खुलासा गरे ।

दोलखा क्षेत्र नम्बर दुईबाट प्रदेश सभामा निर्वाचीत चौलागाईले ठोसे–खिम्ती पाँच सय मेगावाट निर्माण गर्न पहल गर्ने बताए । चौलागाईंले दोलखाबाट कामठमाडौं आउने दुई वटा ट्रान्समिसन लाईन बन्द गरेको र माथिल्लो तामाकोशी ३ पनि चाँडैै निर्माण सुरु हुने जानकारी गराए । कार्यक्रममा सहभागीहरूले दाेलखाकाे विकास निर्माणमा लाग्न सुझाव दिएका छन् ।


कार्यक्रममा दोलखाबाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचीत सांसद पार्वत गुरुङले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अनिवार्य आवश्यकता भएको बताए ।

दोलखाली पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा गुरुङले यो वाम एकता कोही कसैले असफल बनाउन नलाग्ने र लागेको खण्डमा गल्ती हुने बताए । 'यो एकताको विरोधमा लाग्ने नेताले राजनीतिबाट सन्यास लिए हुन्छ', 'केही नेता यो वाम गटबन्धनको विरोधमा लागेको खण्डमा त्यसको विरोधमा म आफै उत्रन्छु ।'

पार्टी एकतापछि केपी ओली र पुष्पकमल दाहाल पालैपालाे अध्यक्ष हुने भएकाले यसका विषयमा कुनै खण्डन नगर्न आग्रह गरे । उनले नेपाली कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षीमा बस्न समेत आग्रह गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.