Powered by Blogger.
को–को परे दोलखा एमालेबाट प्रतिनिधि र प्रदेश सभामाका लागि सिफारीस (नामावलिसहित)

काठमाडौं, २१ असोज । नेकपा एमाले दोलखाले मंसीर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिश गरेको छ ।

शुक्रवारको जिल्ला कमिटी बैठकले केन्द्र र प्रदेशका लागि जिल्लाका चर्चित अनुहारलाई सिफारीस गरेको छ । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य पार्वत गुरुङ, पूर्व पर्यटन मन्त्री आनन्द पोखरेल, प्रचार बिभाग प्रमुख धर्मेन्द्र मोक्तान र दिब्यध्वज कार्की रहेका छन् ।

बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ  प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रीय सदस्य इश्वरी रिजाल, बैकल्पिक केन्द्रीय सदस्य रचना खडका,  शान्ति पाख्रिन र पासाङ शेर्पाको नाम सिफारिश गरेको छ ।

प्रदेश सभाका  लागि १ नम्बर क्षेत्रबाट प्रत्यक्षमा शिवप्रसाद भण्डारी, प्रदेश ३ संगठन कमिटीका संयोजक श्यामकुमार बस्नेत, बशन्तराज कार्की, बाबुकाजी कार्की, भीम दाहाल र गोपाल न्यौपाने सिफारीसमा परेका गरेको छन् ।

यस्तै समानुपातिकतर्फ सरस्वती बस्नेत, हर्कमान पाख्रिन,  मित्र जिरेल, शान्तिकुमारी तामाङ, उर्मिला सुनुवार, रोजकुमारी चौलागाँई सिफारीसमा परेका छन् । 

दुई नम्बर प्रदेशबाट प्रत्यक्षतर्फ बालकृष्ण शिवाकोटी, लालकुमार केसी, भुवन केसी, दिनेश शिवाकोटी र गुणबहादुर बुढाथोकी सिफारीसमा परेका छन् । 
समानुपातिकतर्फ धनबहादुर तामाङ, ठुला थामी, थीरबहादुर मोक्तान, घणश्याम रिजाल, कमला ओली, भवानी कार्की र टेकबहादुर घतानी सिफारीसमा परेका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.