Powered by Blogger.
यस्ता छन् दोलखामा प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार

काठमाडौं, ६ कात्तिक । आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सवै निर्वाचन क्षेत्रमा उल्लासमय रुपमा उम्मेदवारी दर्ता भएको छ ।

दोलखा जिल्लामा एमालेको तर्फबाट प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नेकपा माओबादी केन्द्रका बिशाल खड्काको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभा २ का लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागी एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले क्षेत्र नम्बर १ बाट बर्मा लामा र २ बाट केशबराज चौलागाईले र प्रतिनिधि सभाका लागि रुद्रबहादुर खड्काले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । प्रदेशसभाका लागि क्षेत्र नम्बर एक र दुुईमा १२–१२ जनाको उम्मेदवारी परेको छ भने प्रतिनिधि सभाका लागि स्वतन्त्र सहित  १६ जनाको उम्मेद्वारी परेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.