Powered by Blogger.
राष्ट्रपतिले पठाइन् भीमेश्वर मन्दिरमा क्षमापूजा सामग्री

काठमाडौं, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि पुजा सामग्री पठाएकी छिन् ।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाएकी हुन ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि शीतलनिवास पुगेर क्षमा पूजा गर्न आग्रह गरेका थिए । उनीहरुले शीलाको पसिना पुछेको कपास  राष्ट्रपतिलाई प्रसादस्वरुप दिएका छन् ।

यसअघि २०७० सालमा मन्दिरका देवतालाई पसिना आएपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले क्षमा पूजा गरेका थिए । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.