Powered by Blogger.
दोलखा भिमेश्वरको शिलामा आयो पसिना

दोलखा, १० असोज । दोलखा जिल्लाको प्रशिद्व एंव प्रवित्र धार्मिक स्थल भिमेश्वरको शिलामा पसिना आएको छ । 

मंगलबार मध्यान्न तीन बजे शिलामा पसिना आएको हो । शिलामा  पसिना आएपछि मन्दिर परिसरमा स्थानीयको भिड समेत लागेको थियो । 

पसिना आएपछि मन्दिरमा कुनै अनिष्ट नहोस भन्दै मन्दिरका घण्टाहरु बजाइएको स्थानीयले बताएका छन् ।
भिमेश्वरको शिलामा पसिना आँउदा राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने विश्वास रहिआएको छ । यस अघि २०७१ साल मंसिर ३० र फाल्गुण १३ गते पसिना आएको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.