Powered by Blogger.
दोलखाको जिरी नगरपालिकासहित चार गाउँपालिकामा एमाले विजयी

दोलखाः स्थानीय निर्वाचनमा दोलखामा नेकपा (एमाले)ले जिरी नगरपालिकाका साथै गौरीशंकर गाउँपालिका, शैलुङ गाउँपालिका, तामाकोसी गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा विजयी भएको छ ।


यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर बनेको गठबन्धनका कारण वैत्यश्वर गाउँपालिका र विगू गाउँपालिकामा कांग्रेसको अध्यक्ष र माओवादी केन्द्र उपाध्यक्ष निर्वाचितमा विजयी भएका छन् । 

निर्वाचनमा जिरी नगरपालिकामा एमालेका टंक जिरेल मेयर र कृष्णकुमारी बुढाथोकी उपमेयरमा निर्वाचित भएका छन् ।

 निर्वाचनमा शैलुङ गाउँपालिकामा एमालेका भरत दुलाल र उपाध्यक्षमा लालमाया तमाङ विजयी भएका छन् । तामाकोसी गाउँपालिकामा अध्यक्ष इश्वरचन्द्र पोखरेल र उपाध्यक्षमा उर्मिला खड्का निर्वाचित भएका छन् । यस्तै गौरीशंकर गाउँपालिकामा अध्यक्षमा स्वयम् खड्का र उपाध्यक्षमा उर्मिला थामी विजयी भएका छन् । 

कालिञ्चोक गाउँपालिकामा एमालेका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक विजयी भएका छन् । 

निर्वाचनमा वैत्यश्वर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका छवि लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएका छन् । 

त्यस्तै विगू गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका युधिष्टिर खड्का र उपाध्यक्षमा माओवादी केन्द्रका सञ्जिव ओली निर्वाचित भएका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.