Powered by Blogger.
सत्यश्वर उच्चमाविमा गोली प्रहार,एकजनाको मृत्यु

काठमाडौं, ३१ वैशाख । दोलखा जिल्लाको मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्र (सत्यश्वर उच्चमावि) केन्द्रमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । 

मृत्यु हुने स्थानीय नकुल भुजेल रहेको बताइएको छ । कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर अन्य ६–७ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि सदरमुकाम चरिकोट लगिएको स्थानीयबासी गणेश पाठकले बताए ।

मतदान केन्द्रमा त्यो समूहले कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ । गोली चलाउने क्रममा मतदान गरिरहेका मतदाता तितरबितर भएका छन् । हाल त्यहाँको मतदान स्थगित भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.