Powered by Blogger.
शहरे मतदान केन्द्रमा गोली चल्यो, निर्वाचन बदरको मागसहित निर्वाचन आयोगमा उजुरी

दोलखा, ३१ वैशाख । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकास्थित शहरे  मतदान केन्द्रमा गोली चलेको छ । उक्त स्थानमा गोली चल्दा एकजना घाइते भएका छन् ।

उक्त मतदान केन्द्रमा फर्जी मत हाल्न लागेपछि भएको विवाद चुलीदैजाँदा विवाद भएको थियो । विवाद झडपमा परिणत भएपछि प्रहरीले गोली चलाएको बताइएको छ । गोली चलेपछि मतदान अवरुद्ध भएको छ । 
प्रहरीको गोली लागेर स्थानीय मैया केसी घाइते भएकी छन् । 

यस्तै जिल्लाको जफे, झुले र गैरमुदीका दुई बुथमा पनि विवाद भएको छ । उक्त बुथमा प्रहरीको संलग्नतामा कांग्रेस–माओवादीले बुथ कब्जा गरेको भन्दै एमालेले निर्वाचन बदरको मागसहित निर्वाचन आयोगमा उजुरी दिएको बताइको छ । यससँगै मतदनकार्य प्रभावित भएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.