Powered by Blogger.
दोलखाका विभिन्न निर्वाचन केन्द्रमा झडप

काठमाडौं, ३१ वैशाख । आइतबार बिहान दोलखाको बैत्वश्वरको गैरमुदी स्थित निर्वाचन केन्द्रमा हवाई फायर भएको छ ।  

उक्त केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेको प्रहरीले जानकारी गराएको छ । फायर कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तामाकोशी गाउँपालिकाको झुलेमा मतदान सुरु हुनु अगावै झडप भएको छ । यस्तै बिगुको आलम्बुमा पनि झडपका कारण मतदान सुरु हुन नसकेको बताइएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.