Powered by Blogger.
हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न एमालेको माग

काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रले आफ्नो हार स्वीकार्न नसकेर दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगु निवासी एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या गरेको दाबी नेकपा एमालेले गरेको छ ।

स्थानीय निर्वाचनको शिलशिलामा उक्त स्थानमा आफुले हार्ने अवस्था आएपछि यस्तो घटना माओवादीले गराएको दाबी एमालेले गरेको हो । एमालेले बुधबार विज्ञप्ति जारी गर्दै आपराधिक जत्थाको सांघातिक हमलामा संलग्न सबैलाई गिरफ्तार गरी तत्काल काराबाही गर्न सरकारसमक्ष माग गरेको छ ।

एमालेद्वारा जारी विज्ञप्तिमा हत्यमा संलग्नलाई कारबाही गर्दै मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिन र घाइतेलाई उपचारको प्रबन्ध गर्न समेत माग गरेको उल्लेख छ ।

एमालेले जित्ने निश्चित भएपछि प्रचार प्रसारको कार्यक्रममा अवरोध सिर्जना गर्न गएर गौरीशङ्कर गाउँपालिका–२ का सदस्यका उम्मेद्व्वार गोरे तामाङका छोरा कुलबहादुरको हत्य गरेको उल्लेख गरिएको छ ।   कबिर १७ राउन्ड फायरिङ गरिएको घटनाले सत्तासंरक्षीत हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलापलाई उजागर गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

उक्त घटनामा एमालेका गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण भएको दाबी गरिएको छ । उनको हाल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.