Powered by Blogger.
एमाले उम्मेद्वारका छोराको हत्या

दोलखा, २७ वैशाख । दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगुमा नेकपा (माओवादी केन्द्र)र नेकपा (एमाले)का कार्यकर्ताबीच  झडपहुँदा एकजनाको मृत्यु भएको छ । 

झडपमा हुप्पा गाउँ निवासी ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । 

घाइते बुढाथोकीलाई गएराति थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी नीलकण्ठेश्वर उच्च माविका शिक्षक हुन् । 

यस्तै झडपमा नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् । चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री एवम् माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्कालगायतको टोली उक्त स्थानमा पुगेका थिए । 

यद्यपि नेकपा (एमाले) दोलखाले माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको बताएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.