Powered by Blogger.
मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


दोलखा, ११ जेठ । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का नरबहादुर श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै कल्पना भण्डारी विजयी भएकी छन् । 

आइतबार भएको निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनबाट उमेद्ववार बनेका वर्मा लामा एमालेसँग पराजित भएका छन् । श्रेष्ठले लामालाई ८९ मतले पराजित गरेका छन् । निर्वाचनमा श्रेष्ठले चार हजार चार सय ७५ मत आएको थियो भने लामाको चार हजार तीन सय ८६ मत आएको थियो । 

निर्वाचनमा उपाध्यक्षमा भण्डारीले चार हजार चार सय ९७ मत प्राप्त गरिन भने माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले तीन हजार दुई सय ३२ मत प्राप्त गरेका थिए । 

मेलुङ गाउँपालिकामा भएका सातवटा वडामा एमालेले चारवटामा जीत हासिल गरेको छ भने कांग्रेस दुई र माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ ।

मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा वैशाख ३१ गते भएको निर्वाचनमा बुथ कब्जा गर्न जाँदा भएको झडपमा एक जनाको मृत्यु भएको थियो । जसका कारण उक्त मतदान केन्द्रमा जेठ ७ गते पुनः निर्वाचन भएपछि मतगणना भएको हो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.