Powered by Blogger.
माथिल्लो तामाकोसी बनेपछि विद्युत्त खेर जाने

काठमाडौं, २४ चैत । नेपाल विद्युत्त प्राधिकरणका अनुसार चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षातको समयमा विद्युत् खेर जाने परिस्थिती आउने भएको छ । 


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निमार्णाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आगामी २०७५ असारमा सम्पन्न हुने छ । त्यसपछि वर्षातको समयमा खेर जाने भएकाले विद्युत्को माग बढाउनुपर्ने आवश्यकता छ । 

साँझको समयमा कम विद्युत् उपभोग गरेर सबै क्षेत्रमा समान विद्युत् उपलब्ध गराउनुपर्ने दायित्व समेत प्राधिकरणको रहेको छ । 

‘विद्युत् खेर जान नदिन प्राधिकरणले अहिल्यैबाट योजना बनाएर लागू गर्नुपर्ने देखिन्छ’ उनले भनेका छन् । सामान्य अवस्थामा १५ प्रतिशत मात्रै विद्युत्को माग बढ्ने गर्दछ । 

त्यतिले मात्रै नपुग्ने अवस्था आएको प्राधिकरणको बुझाइ छ । मुलुकभर करिब ६० प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ भने ४० प्रतिशत क्षेत्रमा विद्युतीकरण हुन सकेको छैन । विद्युतीकरण नभएका क्षेत्रमा सरकारले ग्रामीण विद्युतीकरण कार्ययोजना अगाडि बढाइरहेको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.