Powered by Blogger.
जिप दुर्घटनामा एक जना मृत्यु, दुईको अवस्था गम्भीर

दोलखा, २८ चैत । दोलखाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सशस्त्र प्रहरीका हवल्दार मोहनबहादुर घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.