Powered by Blogger.
शैलुङ्ग-काठमाडौं वडा सम्पर्क मञ्च गठन

काठमाडौंः नेकपा (एमाले) दोलखा जिल्ला शैलुङ्ग-काठमाडौ सम्पर्क मञ्चको विशेष वडा सम्पर्क मञ्च गठन भएको छ । मंगलबारको भेलाले  आठ वडा सम्पर्क मञ्चको गठन गरेको हो ।

कमिटि घोषणा सम्पर्क मञ्चका सचिब हरिहर कार्कीले गरेका छन् । नव गठित वडा सम्पर्क मञ्चका पदाधीकाहरुलाई पद तथा गोपनियताको सपथ खुवाए । 

कार्यक्रममा उनले एमालेले जनताको भावनालाई समेटेर उमेद्वार उठाउने बताए । उनले जिल्लाका सबै वडाका साथै गाउपालिका, दुई वटा नगरपालिकामा एमालेको जिज हाँसिल गर्न तर्फ लाग्न आग्रह गरे ।

उनले जनताको घर घरमा गएर एमालेले गरेका कामको बारेमा सु–सुचित गराउन निर्देशन समेत दिए । भेलामा जिल्लाका पुर्ब जिविस शभापति लाल कुमार केसी, कृष्ण बहादुर श्रेष्ठ, भूबन सिंह थापा साथै दोलखा काठमाडौँ सम्पर्क मञ्चका सचिव हरीहर कार्कीसहितको उपस्थिती रहेको थियो ।

यस्तै क्षेत्रीय सम्पर्क मञ्चका अधक्ष्य लगायत पदाधिकारीहरु, २ नम्बर क्षेत्रीय कमिटिका सदस्यहरु लगायत अतिथिको रुपमा उपस्थित रहेको थियो । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.