Powered by Blogger.
नेपाल हाइड्रो डेभलपरद्वारा दोलखाका स्थानीयलाई सेयर बाँडफाँड


काठमाडौं, २५ माघ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले दोलखाका स्थानीय बासीका लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँट गरेको छ । 

दोलखाका आयोजना प्रभावितका लागि साधारण सेयर निष्काशन गरेको कम्पनीमा आवेदन दिएका लगानीकर्ताले सेयर प्राप्त गरेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । आवेदन कर्ताहरुलाई ३०. १६ प्रतिशतका दरले सेयर दिइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि पहिलो चरणमा उक्त सेयर जारी गरेको थियो । प्रतिकित्ता सय रूपैयाँ अंकित सेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्ता सम्मको लागि आवेदन दिएका थिए । जसमा ३.३२ गुणा बढी अर्थात ८ लाख ६२ हजार १८० कित्ता सेयर आवेदन माग गरेको थियो ।

कम्पनीले केहि समयमा दोस्रो चरणमा सर्वसाधारणलाई दिने जनाएको छ । ६.८ मेगावाटको लोवर चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजनाको निर्माण गर्न लागेको कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९० हजार कित्ता सेयर जारी गर्ने जनाएको छ । मंसिर २६ बाट पुस १० गतेबाट २ करोड ६० लाख रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्कासन गरेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.