Powered by Blogger.
अग्नि इन्कर्पोरेटेडको महिन्द्रा शोरुम चरिकोटमा

काठमाडौं, ११ फागुन । महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड ले चरिकोटमा नयाँ शोरुम ‘कार्की मल्टिट्रेडिंग कन्सर्न’को उदघाटन गरेको छ । 

इन्डियाका कन्ट्री म्यानेजर आशिष जोशी र उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले उद्घाटन गरेका छन् । यो शाखाले ग्राहकहरुलाई सहजै सेवा दिने विश्वास लिइएको छ । नयाँ शोरुममा सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

महिन्द्राका ट्रयाक्टर, पिक–अप लगायत साधान पाउने सकिने बताइएको छ । शाखाको उद्घाटन गर्दैै अग्नि इन्कर्पोरेटेडका असिस्टेन्ट् डिरेक्टर सेल्स्, वरदान बस्नेतले शोरुम स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहजहुने बताए । स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्ने दाबी गरे । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.