Powered by Blogger.
प्रिमियर इन्स्योरेन्सद्धारा दोलखामा चार हजार पशुको बीमा, आठ करोड ९२ लाख राजस्व सङ्कलन

काठमाडौं, १५ फागुन । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखामा करिब चार हजार पशुको बीमा गरेको जनाएको छ । 

पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा उक्त पशुको बिमा भएको छ । बिमाबाट हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

पशुको बिमा गर्ने क्रम बढेसँगै माघ महिनामा तीन सय ८१ पशुको बीमा गरिएको छ । जसको बिमित रकम एक करोड १५ लाख ३९ हजार रहेको छ । पशु बिमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बिमा सेवा सुरु भएको थियो ।

पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बीमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए । तर कृषकको हेलचेक्र्याइका कारण पशुको मृत्यु भएको खण्डमा भने कुनै क्षतीपूर्ति पाईदैन् ।

source:arthabazar.com 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.