Powered by Blogger.
दोलखाको लापिलाङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं, २२ माघ । शनिवार साँझ ५ बजेर ५८ मिनेटमा दोलखलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङलाई केन्द्रबिन्दु  बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । 

धक्कालाई मापन केन्द्रले २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ । 

यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको परकम्प गएको थियो । 

केन्द्रका अनुसार गोरखा भूकम्पयता ४ म्याग्निच्यूड माथिका चार सय ७५ परकम्प गइसकेका छन् ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.