Powered by Blogger.
मुडे-मेलुङ सडक खण्डः विभागले अनुगमन गर्ने, काम नगरे ठेक्का रद्द हुने

काठमाडौँ, २५ पुस । अरनिको यातायात अन्तर्गतको मुडे-मेलुङ सडक खण्ड सञ्चालनमा आएको लामो समय भए पनि यात्रुहरुले अझै सहज रूपमा यात्रा गर्न सकेका छैनन् । 

वर्षादको मौसममा गाडी मुडेबाट भैंसेहुँदै भेडपु पोखरी नजानाले यात्रुहरुले ठुलो समस्या भोग्नु परेको छ । जेनतेन गाडी गन्तव्यमा पुगेको खण्डमा हिलोका कारण गाडीदेखि यात्रुले समेत समस्या भोग्नु परेको छ ।

हिउँदको समयमा पनि यात्रुहरुले विभिन्न समस्या भोग्ने गरेका छन् । हिउँदको  मौसममा भने यात्रुहरु गन्तव्यमा पुग्दा आफूले आफैलाई चिन्न नसक्ने गरी धुलो आउने गरेको छ ।

सकारोकारवाला निकाय र सम्बन्धी ठेकेदारको बेवास्थाका कारण समयमा नै सडक निर्माण हुन नसक्दा यात्रुहरुले विभिन्न समस्या भोगी रहेका छन् ।

यी समस्या तत्काल समाधान गर्न स्थानीय क्षेत्रका जनता र दोलखा क्षेत्र नम्बर दुईका सांसद आनन्द पोखरेलले सडक विभागका महानिर्देशकसँग छलफल गरेका छन् । छलफलमा स्थानीयले सडक विभाग र ठेकेदार कम्पनीको बेवास्थाका कारण सडक निर्माण हुन नसकेको बताए । 
 
छलफलमा विभागले उक्त सडक खण्डको सातामा एक पटक अनुगमन गर्ने बताएको छ । यस्तै स्थानीय जनता, नेताहरूले पनि खबरदारी गर्ने र यति गर्दा पनि ठेकेदारले काम नगरेको खण्डमा ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ ।

विभागका महानिर्देशक देवेन्द्र कार्कीले सडक निर्धारित समयमा नै निर्माण गर्न विभागले आवश्यक काम थाल्ने बताए । सांसद पोखरेलले उक्त रुटमा आवत जावत गर्ने यात्रुहरुलाई बाटोको अभावका कारण निकै समस्या भएको भन्दै ठेकेदार कम्पनीलाई काम गर्न दबाब दिनु पर्ने बताए । 
 
ठेक्का पाएपछि जुन सुकै अवस्थामा पनि निर्धारित समयमा तोकिएको काम पुरा गर्नु पर्ने पोखरेलेको भनाई छ । सांसद पोखरेलले ठेकेदारले गरेको काम चित्त बुझ्दो भए नभएको र छिटो भए नभएको स्थानीय जनतालाई ध्यान दिन अनुरोध गरेका छन् ।

भेटमा नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चका सचिव हरिहर कार्कीले विकासको मेरुदण्ड नै सडक भएकाले चाडो भन्दा चाँडो उक्त सडक निर्माण हुनुपर्ने बताए । 
 
सडक निर्माणमा बेवास्था गर्दा स्थानीय जनताले विभिन्न समस्या भोग्नु परेको भन्दै कुनै पनि हालतमा चाँडो भन्दा चाडो सडक निर्माणका लागि दबाब दिन स्थानीयलाई आग्रह गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.