Powered by Blogger.
६५० मेगावाटको तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको निर्माण अघि बढ्ने

काठमाडौं, २४ पुस । छ सय ५० मेगावाटको तामाकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणप्रक्रिया अघि बढ्ने भएको छ।

आइतबार बसेको लगानी बोर्डको २५ औँ बैठकले उक्त आयोजना निर्माणको मोडालिटीलाई अन्तिम रुप दिने निर्णय गरेको छ । उत्त निर्णयसँगै तामाकोसी तेस्रो निर्माणको बाटो खुला भएको हो ।

तामाकोसी तेस्रो जलविद्युत् आयोजना निर्माण अघि बढाउनका लागि ऊर्जा मन्त्रालय र लगानी बोर्डको कार्यालयले स‌ंयुक्तरुपमा आयोजनाको विकास निर्माण एबम् सञ्चालनको खाका (डालिटी) लाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहालले ठूला आयोजना निर्माणमा सरकारबाट हुने ढिलाई प्रति सचेत हुँदै अघि बढ्न निर्देशन दिए ।

नर्वेजियन कम्पनी स्ट्याट क्राफ्टले तामाकोसी तेस्रो जलविद्युत् आयोजनाबाट हात झिकेपछि बोर्डले स्वदेशी लगानीको विकल्पबारे छलफल थालिएको जनाएको छ ।

बोर्डले आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी गरिरहेको समयमा प्रवर्द्धकले आयोजना छाड्दा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा कुनै निर्णय भएको थिएन । एक खर्ब ११ अर्ब अनुमानित लागत रहेको आयोजना दोलखा र रामेछाप जिल्लामा पर्दछ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.