Powered by Blogger.
जनमुखी सहकारीका अध्यक्षसहित व्यवस्थापनलाई अदालतले दियो सफाइ

काठमाडौं, १३ मंसिर । प्रक्रिया पुरा नगरि करोडौं ऋण लगानी गर्ने जनमुखी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष, सचिव र व्यवस्थापकलाई जिल्ला अदालत दोलखाले सफाइ दिएको छ । 

दोलखा जिल्लाको काब्रेमा रहेको सो सहकारीले प्रक्रिया पुरा नगरि करोडौं ऋण लगानी गरेको आरोप लागेका उनीहरुलाई दोलखा जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलासले सहकारीका तत्कालीन अध्यक्ष माधवप्रसाद दाहाल, सचिव कृष्णप्रसाद दाहाल र व्यवस्थापक माधवप्रसाद दाहाललाई सफाइ दिएको हो । 

ठगीको महल आकर्षित नहुने भएकाले सहकारी ऐन नियमअनुसार उनीहरुलाई सफाइ दिएको बताइएको छ ।मिर्गेका दीपककुमार राउत र काब्रेका राधाकृष्ण दाहालको नाममा बिनाधितो र बिना प्रक्रिया २-२ करोड रुपैयाँ ऋण प्रवाह गरेको विषयलाई लिएर अदालतमा मुद्दा परेको थियो । 

उनीहरू तीनै जना पुर्पक्षका लागि कारागारमा थिए । उनीहरू बाहेक अन्य पाँच जना धरौटीमा छुटी सकेको बताइएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.