Powered by Blogger.
‘म्युजिक भिडियोदेखि गायनसम्म’ दोलखाकी रीतीका जिरेल

काठमाडौंः दोलखाकी चेली मोडलीङ क्षेत्रमा बिस्तारै अघि बढन थालेकि छिन् । नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो भविष्य देखेर अहोरात्र खटेकी उनी सङ्गीतमा आफ्नो बलियो भविष्य खोज्दैछीन ।

उनी आफ्नो मात्र हैन समग्र जिल्लाकै परिचय माथि उठाउने योजनामा छिन् । र उनी हुन् दोलखाकी रीतीका जीरेल । बुबा धनबाहादुर जीरेल र आमा माया जीरेलकी कान्छी छोरी रीटीका  सानैदेखि सङ्गीतमा झुकाब राख्थिन् । विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा भ्याएसम्म थाहापाएसम्म सहभागी हुन्थीन ।

तीन वर्ष अघि औपचारिक रूपमा नेपाली साङ्गीतिक क्षेत्रमा होमिएकी जीरेल म्युजिक भिडियोमा अभिनय सँगै गाएन मा प्रवेश गरेकी छिन् । जीरेल ले करिब २ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । 

अन्जु पन्त र स्वरूप राज आचर्यको स्वर रहेको गीतमा तिमीलाई चिन्न सकिन गीतबाट अभिनय सुरु गरेकी जीरेल तिम्रो आँखैमा गीत सँगै करिब दुई दर्जन गीतमा अभिनय गरेर दर्शकलाई मन्त्रमुग्न पारीसकेकी छिन ।

म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै गाएनमा पनि एक वर्ष अघिबाट कम्मर कसेर लागेकी छिन । लोकगीत राष्ट्रिय गीत आधुनिक पप सबै गीतमा उत्तिकै न्याय गरेर गाउन सक्ने जीरेलले आफूलाई नेपाली साङ्गीतिक क्षेत्रमा भर्षटायल गायिकाको रूपमा परिचय बनाउदै छिन ।

उनको पछिल्लो गीत सर्वस्व सुम्पे तीमलाई को प्रमोसनमा लागेकी छिन । जसमा दिनेश आशुको शब्द सङ्गीत र राम कार्कीको सङ्गीत सम्योजन रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.