Powered by Blogger.
दोलखामा साढे २ सय किमी प्रसारण लाइन निर्माण हुँने

काठमाडौं, ९ मङ्सिर । दोलखामा २ सय ५१ किलोमिटर प्रशारण लाइन निर्माण हुने भएको छ । दोलखाका १८ जलविद्युत आयोजनाहरुद्धारा विद्युत प्रसारणको लागि २ सय ५१ किलोमिटर प्रसारण लाइन निर्माण हुने भएको छ । 

३३ केभीदेखि ४ सय केभी क्षमताको प्रसारण लाइन दोलखामा निर्माण हुने विद्युत विकास विभागका सूचना अधिकारी बाबुराजा अधिकारीले जानकारी दिए । विद्युत विकास विभागले निर्माण लाइसेन्स प्रदान गरेको ४ ओटा प्रसारण लाइन योजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माण गरिरहेको २२० र १३२ केभी क्षमताको ४७ किलोमिटर लामो प्रसारण लाइनको निर्माण करीब ६६ प्रतिशत सम्पन्न भइसकेको बताएको छ । 

१३२ केभी क्षमताको खिम्ती–सुनकोशी–भक्तपुर–बालाजु र सिंगटी–लामोसाँघु प्रसारण लाइनको नेपाल विद्युत प्राधिकरणले सर्वेक्षण शुरु गरेको छ भने सिनर्जी पावर डेभलपमेण्टले लामाबगर गाविसको जगतदेखि सिंगटीसम्म ३३ केभी क्षमताको करीब २२ किलोमिटर प्रसारण लाइन निर्माण गरिसकेको विभागले बताएको  छ ।

खानीखोला जलविद्युत् आयोजनाको प्रर्वतक ग्रीनलाइफ इनर्जी प्रालिले १३२ केभी क्षमताको १९ किलोमिटर, नेपाल विद्युत प्राधिकरणले तामाकोशीदेखि काठमाडौंसम्म ४ सय  केभी क्षमताको एकसय किलोमिटर र खिम्तीदेखि गज्र्याङसम्म १३२ केभी क्षमताको ३० किलोमिटर, उपल्लो खिम्ती जलविद्युत आयोजनाको प्रर्वतक हिमालय उर्जा विकास कम्पनीद्धारा ३३ केभी क्षमताको ३० किलोमिटर, सुरीखोला जलविद्युत आयोजनाको प्रर्वतक सुरीखोला हाइड्रोपावर प्रालिद्धारा ३३ केभी क्षमताको ५ दशमलव २ सय ५० मिटर, चाके खोला जलविद्युत आयोजनाको प्रर्वतक गज्र्याङ उपत्यका पावर कम्पनीद्धारा ३३ केभी क्षमताको ९ दशमलव ५ सय मिटर र तल्लो खारेखोला जलविद्युत आयोजनाको प्रर्वतक यूनिभर्सल पावर लिमिटेडले १३२ केभी क्षमताको साढे ५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न इजाजत प्रदान गरिएको विभागले बताएको छ ।

जिरीमा बोजिनी कम्पनीद्धारा ३३ केभी, खारेखोला जलविद्युत आयोजनाको प्रवर्तक कन्सोर्टिएम पावरद्धारा १३२ केभी, सुरीखोला जलविद्युत आयोजनाको प्रवर्तक न्यादी ग्रुपद्धारा १३२ केभी, तल्लो खारेखोला जलविद्युत आयोजनाको प्रर्वतक यूनिभर्सल पावर लिमिटेडद्धारा १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने अधिकारीले बताए । 
स्रोत: अभियान दैनिक 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.