Powered by Blogger.
हरेक घर परिवारलाई एक लाखकाे सेयर दिन्छौं: उर्जामन्त्री


दोलखा: उर्जामन्त्री जनार्दन शर्माले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख शेयर दिइने बताए ।
 
नेकपा माओवादी केन्द्रले दोलखाको चरिकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताए । ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपैयाँ सेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको भन्दै उनले त्यसमा सहभागी हुन आव्हान गरे ।

एक लाख रुपैयाँ एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले पाँच वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको मन्त्री शर्माले जानकारी दिए । एक लाख रुपैयाँ शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने उनले बताए । 

मन्त्री शर्माले भने, 'लगानीसम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन्, फाराम भर्नुहोला ।'

उनल अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि सरकारले गरेको
जानकारी दिए । एक कित्ता शेयरको एक सय रुपिँया पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंयाँ तिरेर एक कित्ता सेयर किन्ने व्यवस्था मिलाईने उनले बताए । 

नेपालको पानी जनताको लगानी अन्तरतगत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको सेयर रहने नीति बनाइएको जानकारी दिँदै मन्त्री शर्माले हरेक कार्यकर्तालाई पनि त्यसमा सहभागी हुन आग्रह गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.