Powered by Blogger.
करोडौं खर्च गर्दापनि दशकसम्म नबनेको मुडे–मुलेङ सडक (१०तस्विरमा)

काठमाडौंः दशक भन्दा बढी समय भयो अरनिको यातायात अन्तर्गतको मुडे–मेलुङ सडकखण्ड सन्चालनमा आएको । यो सडकखण्ड वर्षाको समयमा पूर्ण रुपमा सञ्चालनमा नआउने गरेको छ । जेनतेन मुडेदेखि लाम्चे आहाल वा देउराली सम्म गाडी अाउने - जाने गरेका छन् । 

हिउँदको समयमा सञ्चालन भएपनि बढी धुलोका कारण यात्रुहरुले निकै कष्ट भोग्नु पर्ने बाध्यता छ । वर्षाको समयमा यो सडक पूर्ण रुपमा सन्चालन नहुँदा यात्रुहरुले निकै समस्या झेल्नु परेको छ । अझ दसैंको समयमा बढी यात्रुले यात्रा गर्ने गर्दछन् । तर गन्तव्यमा सवारी साधन पुग्दैनन्  । 

यात्रुले जति नै सास्ती भोगे पनि यो सडक समयमा नै निर्माण नहुँदा ठेकेदार कम्पनी माेटाउने गरेकाे स्थानीयकाे गुनासो छ । मुडेदेखि भित्री भन्ज्याङसम्मको सडक मर्मतका लागि टेन्डर आवहान भएको थियो । २१ करोडको टेन्डर शेर्पा कन्टर्क्सन प्रालीले ९ करोडमा परेको थियो, भूकम्पको कारण देखाउँदै सडक निर्माण स्थगीत गरेकाे छ ।  सडक निर्माण गर्न लगेकाे डाेजर समेत अलपत्र परेकाे छ ।

माओवादी केन्द्र जिल्ला कमिटी सदस्य जितकुमार मोत्तानले भने, ‘९ करोड रुपैयाँ खर्च भए पनि बाटो निर्माण हुन सकेको छैन डोजर ल्याएर बिच बाटोमा अलपत्र बनाएर राखेको छ, सडक निर्माण नहुँदा यात्रुहरुले सास्ती भोगीरहेका छन् ।’ सडक निर्माणका लागि भनेर वर्षेनी सडक विभागले बजेट बिनीयोजन गर्ने भएपनि बजेट आवश्यक ठाँउमा खर्च हुन नसकेको उनको भनाई छ । 

बिनीयोजीत बजेट पनि सडक निर्माणमा खर्च भएको भए यात्रुले केही हदसम्म कम सास्ती  पाउने थिए । उनले भने, ‘आउने गरेको बजेट आवश्यकताको वर्गाीकरण गरेर खर्च गर्नुपर्छ । पहुँचका आधारमा बजेट खर्च गर्दा सडकको विकास पनि हुदैन्, यात्रुले सास्ती पाइ नै रहन्छन् ।’अहिलेसम्म यो सडकडमा बिनीयोजीत बजेट बालुवामा पानी सरह भएको छ । 

उक्त सडकमा जति नै बजेट बिनीयोजन भएपनि निर्माण गर्नु भन्दा पनि ठेकेदार मोटाउने काम मात्र भएको छ । मुडेदेखि मेलुङसम्मको लगभग ४०–४५ किलाेमीटर सडकमा हालसम्म जम्मा दुई किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । बाँकी सडकमा कालोपत्रे त परै जाओस ग्राभेल समेत हुन सकेको छैन् । जसका कारण वर्षाको समयमा सडक रोप्न तयार पारेकाे खेत जस्तो हुने गरेको छ । 


सवारी साधन आवत-जावत गर्न सक्ने अवस्था छैन ।  सडक समयमा नै निर्माण हुन नसक्दा बीच बाटोबाट उत्रेर यात्रूहरु घन्टाै‌सम्म हिँडेर गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ । सडक निर्माणाका लागि स्थानीय नेता कार्यकर्ता जागरुक हुनु भन्दा पनि नेताकाे चाकडीमा बेस्त रहेका कारणा निर्माण हुन नसकेकाे स्थानीयकाे गुनासाे छ । त्यही क्षेत्र अर्थात दुइ नम्बर क्षेत्रका सांसद आनन्द पोखरेल मन्त्री बनि सकेका छन् । उनले निर्वाचनकाे समयमा दिएकाे प्रतिबद्धता जस्ताे सडक निर्माण गर्न कुनै चासो देखाएका छैनन् ।



हामीले उनलाई कुनै जागीर मागेका थिएनौ‌‌ । आफुलाई कुनै पदमा प्रमोशन गर्न आग्रह गरेका थिएनौ । आफुले मत दिएर पठाएका नेताले  सडक मर्मत गर्न केही बजेट बिनीयोजन गर्ने अपेक्षा गरेका थियौ‌ ।एक स्थानीयले भने निर्वाचनको समयमा आनन्द पोखरेलले समयमा नै सडक पूर्ण रुपमा ग्राभेल गरिदिन्छु भनेका थिए । अझ सकेसम्म कालोपत्रे नै गर्ने प्रतीबद्धता जनाएका थिए, उनी हाम्रै मतले विजयी भएर गएपछि अहिलेसम्म देखा परेका छैनन् । उनले पनि नगरेको सहयोग अरु नेताहरुबाट खासै आशा गरिएको छैन ।

फस्कु, काटाकुटी, भुसाफेदा, शैलुङ्गेश्वर, पवटी गाविसका जनता तथा नेता भनौँदा नेताका पिछुवाहरुले ध्यान दिनु पर्ने भएपनि उनीहरुकै चाकडीमा लागेर सडक निर्माणमा ध्यान दिन नसकेको स्थानीयको आरोप छ । यो क्षेत्रका नेता कार्यकर्ताहरुले बेवास्ता गरेका कारण सडक सयमा नै निर्माण हुन स्थानीयकाे बुझाइ छ । 

नेकपा (एमाले) दोलखा काठमाडौं सम्पर्क मन्चका सचिव हरिहर कार्कीले भने, 'सडक निर्माणका लागि नेता तथा सम्बन्धीत निकायलाई खबरदारी गर्नु पर्ने पर्छ । जबसम्म स्थानीय जनताहरुले सडक बनाइदिएला र आफू उपभोग गरौला भनेर बस्छन तबसम्म यो सडकको विकास र विस्तार हुन सक्दैन् ।'

दसै‌मा सहजै यात्रा गर्न नसकेपछि स्थानीयले सडक निर्माण गर्छु भनेर टेन्डर आवहान गरेर पनि सडक निर्माण नगर्ने कम्पनीको टेन्डर रद्ध गर्नु पर्ने आवाज उठन थालेका छन् ।


 
 
 
 
 
(तस्विरः हरिहर कार्की नेकपा (एमाले )दोलखा काठमाडौं सम्पर्क मन्चका सचिव हुन् ।)

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.