Powered by Blogger.
प्रचण्ड सरकारले भूकम्प पीडितलाई पाँचलाख दिनैपर्छः पशुपति चौलागाईँ

काठमाडौ, १५ असाेज । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य पशुपति चौलागाईँले पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्व सरकारले दोलखा जिल्लालाई डाक्टर बिहीन जिल्ला बनाउने लागेको बताए । 

नेकपा (एमाले) दोलखाका काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पशुपति चौलागाईँले सो कुरा बताएका हुन् ।
 
केही दिन अघि उपचारका क्रममा दोलखामा एक बालककाे मृत्यु भयो, स्थानीयले डाक्टरहरुलाई अभद्र व्यवहार गरे पनि होलान् उनले भने, ‘डाक्टरलाई अभद्र व्यवहार गरे भनेर सरकारले मेडिकल काउन्सीलका भाइहरुलाइ पठाएर दोलखाका डाक्टर काठमाडौँ झिकाएको छ । यो प्रचण्ड नेतृत्व सरकारको दोलखालाई डाक्टर बिहीन बनाउने योजना हो ।' 

कार्यक्रममा उनले प्रचण्ड प्रधानमन्त्री हुनुअघि दोलखामा गएर भूकम्प पीडितलाई पाँच लाख दिन्छु भनेकाले दोलखालीलाई मात्र हो की सबै पीडितलाई दिने हो प्रस्ट पार्न समेत आग्रह गरे । उनले सोही कार्यक्रमबाट सबै दोलखालीलाई प्रचण्ड सरकारसँग पाँच लाख रुपैयाँ माग्न समेत आग्रह गरे । 

उनले भने‘मैले प्रधानमन्त्री ज्यूलाई भेटेर दोलखालीलाई मात्र पाँच लाख दिने भनेको की सबै पीडितलाई दिने भनेको भनेर सोध्दा बसेर सल्लाह गरौलानी पशुपति चौलागाईँजी भन्नु भएको छ कहिले बसेर सल्लाह गर्ने हो थाहा छैन यो समय सल्लाह गर्ने हैन पीडितलाई राहत दिने हो ।’

भूकम्प पीडितलाई पहिलो पटक सिङटीबाट ५० हजार रुपैयाँ वितरण सुरु गरेको हो । आजसम्म ४९ हजारलाई मात्र ५० हजार वितरण गरेको छ अझै तीन हजार भन्दा बढीलाई सो रकम वितरण गर्न नसकेको प्रति दुखेसो पोख्दै चौलागाइले भने ‘अझै पनि दोलखामा धेरै भूकम्प पीडितको नाम छुटेको छ । उनीहरूको पनि  तत्काल नाम समावेश गर्नु पर्छ ।’

कार्यक्रममा उनले वर्तमान सरकार सरकारले बनाएको नियमावली तोडेर अघि बढेको आरोप लगाए । एमाले नेतृत्व सरकारले ल्याएको बजेटका विभिन्न विद्येयक शुक्रवारको संसदमा पास गरेको आरोप लगाए । उनले भने, 'यो सरकारलाई खर्च गर्नु पर्छ भन्ने थाहा छ तर आम्दानी कहाँबाट गर्नु पर्ने हो थाहा छैन ।’ 

कार्यक्रममा एमाले उद्योग विभाग सदस्य बालकृष्ण शिवाकोटीले भूकम्पका कारण अझै पनि दोलखालीको दसैँ, तिहार लगायतका चाडपर्वमा हौसला कमै रहेको बताए । उनले भने‘ अधिकाशंको अझै पनि बस्ने बास खाँने गाँसमा नै समस्या छ, यो अवस्थामा सबैले आ– आआफ्नो हैसियत अनुसार चाड पर्व मनाउनु पर्छ ।’ 

कार्यक्रममा सम्पर्क मञ्चका सचिव हरिहर कार्कीले काँग्रेस र माओवादीले छुटेका भूकम्प पीडितको नाम समावेश गर्ने भन्दै राजनीति गर्न लागेकाले सबैलाई सचेत रहन आग्रह गरे । कार्यक्रममा जिल्लाका नेता, समाजसेवी बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.