Powered by Blogger.
दोलखामा दुई जना पुरुषको शव भेटियो

दोलखा, १५ असोज । दोलखा नाम्दु गाविस–२ स्थित तामाकोशी नदीको तिरमा र भिमेश्वर नगरपालीका–२ स्थित तिखातलमा गरी दुई पुरुषको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भिमेश्वर मन्दिर जाने सडक अन्र्तगत तिखातल भन्ने स्थानमा सडक भन्दा केही तल बारीको कुनामा स्थानीय सानुराम योगीको शव फेला परेको हो । योगीको शवलाई प्रारम्भिक अनुसन्धान पछि आफन्तलाई बुझाइएको प्रहरी निरिक्षक विनोद कुमार सुनुवारले जानकारी दिए ।

त्यस्तै तामाकोशी नदी किनारमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको हो । शवको पहिचान हुन सकेको छैन । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ । 
स्रोत : उज्यालो अनलाइनडटकम

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.