Powered by Blogger.
जीतबहादुरको शैलुङपारि हिमालमा बजारमा

काठमाडौं, २१ भदौ । पेशाले सवारी चालक, तर अभिरुचि भने कलाकारितामा । सानैदेखि मादल बजाउन र मादलको तालमा कम्मर मर्काउँदै गीत गाउन रुचाउने जीतबहादुर खड्का ‘गोपाल’ गीति एल्बम ‘शैलुङपारि हिमाल’ ल्याएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरे । उनले प्रतिष्ठानका चालक समेत रहेका खड्का प्रतिभाशाली व्यक्ति भएको उल्लेख गरे ।

घ्याङ् सुकाथोकर–७, दोलखाका स्थायी बासिन्दा खड्काको यसअघि ‘हृदयको आँसु’ एल्बम आइसकेको छ । यो उनको दोस्रो एल्बम हो । उनको एल्बमका बारेमा प्राज्ञ तथा कवि श्रवण मुकारुङले भने, ‘खड्काको गायनमा दम छ । यो एल्बमभित्रका गीतहरु सुनेपछि  उनी लोककवि पनि हुन् भन्ने दावी गर्न सकिन्छ ।’ 

बालखै छँदा बुवाको अल्पआयुमै दुःखद् निधन भएपछि पितृस्नेहबाट सदाका लागि बञ्चित बन्न पुगेका उनको बाल्यकाल भने साहै्र कष्टकर रुपमा बित्यो । बुवाको माया कस्तो हुन्छ भन्ने अनुभव गर्नै नपाई हुर्केका खड्का भन्छन्, ‘मैले आफन्त र घरपरिवारको माया पनि पाउन सकिनँ ।’ 

मेलापात र घाँसदाउरा जाँदा मन बहलाउनकै लागि गीत गाउँदागाउँदै गीतसङ्गीतप्रति गहिरो लत बसेको बताउने खड्का आफ्नै बल र बुँताले यहाँसम्म आइपुगेका हुन् । वि.सं. २०६७ साल देखि नेपाल प्रज्ञा–प्रतिष्ठामा सवारी चालकको जागिर खाइरहेका उनले ‘हर्के हवल्दार’, ‘तीतो सत्य’ र ‘हाकाहाकी’ नामक टेलिचलचित्रमा अभिनय गरेका छन् । भन्छन्, ‘मलाई कलाकारिता क्षेत्रमा लाग्न हास्यकलाकार शैलेन्द्र सिंखडा र तामाङ संस्कृतिकर्मी गोपी लामाको विशेष सहयोग रहेको छ ।’

एल्बम ‘सैलुङपारि हिमाल’मा ‘च्यान्टी नानी काली काली’ र ‘पूर्वमा प¥यो दार्जेलिङ सहर’ गरी दुई गीत समाविष्ट छन् । पहिलो गीत लोकआधुनिक शैलीमा छ भने दोस्रोचाहिँ ठेट पूर्वेली लोकशैलीमा रहेको छ । दुवै गीतका रचनाकार तथा सङ्कलक गोपाल स्वयम् हुन् । एल्बमको पहिलो गीतमा चाहिँ धु्रवराज खड्काको सङ्गीत रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.