Powered by Blogger.
दोलखामा साढे ४२ हजार घरधनीसँग अनुदान सम्झौता,३४ हजारको चेक काटियो

काठमाडौं, १९ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ११ हजार २०१ घरधनीसँग भूकम्पपछिको पुनःनिर्माणका लागि पहिलो किस्ताको अनुदान दिने सम्झौता सम्पन्न गरेको छ ।

जसमा दोलखामा ४२ हजार ६ सय ३८, गोरखामा ४९ हजार सात सय ५८, सिन्धुपाल्चोकमा ६६ हजार, रामेछापमा ४० हजार सात सय ७८, धादिङमा ५१ हजार नौ सय, काभ्रेपलाञ्चोकमा ५० हजार एक सय ७५, नुवाकोटमा ५१ हजार दुई सय ४, ओखलढुङ्गामा १७ हजार नौ सय १५, सिन्धुलीमा २० हजार दुई सय ८५, रसुवामा आठ हजार तीन सय ५१ र मकवानपुरमा १२ हजार एक सय ९३ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ ।

दोलखामा ३४ हजार नौ सय २०, गोरखामा ४८ हजार ६५८, सिन्धुपाल्चोकमा ४६ हजार १४३, रामेछापमा २९ हजार ३०२, धादिङमा २९ हजार १०९, काभ्रेपलाञ्चोकमा २२ हजार ५१७, नुवाकोटमा २१ हजार ४६०, ओखलढुङ्गामा १७ हजार तीन, सिन्धुलीमा १२ हजार ८६१, रसुवामा दुई हजार ८९० र मकवानपुरमा एक हजार ३६८ घरधनीलाई पहिलो किस्ताको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक काटिएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.