Powered by Blogger.
दोलखाका चार हजार विद्युत् पोल जीर्ण, ठूलो क्षति हुनसक्ने

दोलखाः नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले जिल्लाभर चार हजार काठका पोल जीर्ण अवस्थामा रहेको जनाएको छ ।

जिल्लामा केही सातादेखि अनियमित रुपमा विद्युत् आपूर्ति गडबड भएपछि पछिल्लो समय प्राधिकरण दोलखा शाखा विवादमा फसेको थियो ।

शाखाका प्रमुख शेरबहादुर सुनुवारले जिल्लामा चार हजार काठका पोल जीर्ण अवस्थामा पुगेको र वर्षात्को समयमा धेरै पोल ढल्ने गरेकाले विद्युत् समय समयमा सर्ट हुने गरेको जानकारी दिए । लामोसाँघुबाट विद्युत् ल्याउन निकै समस्या भएको बताउँदै उनले वर्षातको समयमा सबैभन्दा बढी विद्युत् अनियमितता हुने गरेको बताए ।

लामोसाघुदेखि मुडेसम्म जङ्गल हुँदै विद्युत् ल्याउनुपर्ने भएकाले पनि समस्या आएकाले समधानको लागि माथिल्लो निकायसँग छलफल भइरहेपनि कार्यान्वयन हुन सकेको छैन । चार हजार पोल फेर्नको लागि करिब १० करोड रुपैयाँ लाग्छ तर त्यत्तिको रकम कार्यालयले खर्च गर्नसक्ने अवस्था नभएको प्रमुख सुनुवारले जानकारी दिए । 

काठको पोल जीर्ण भएपछि जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले स्थानीयलाई सचेत रहन कार्यालयले आग्रह गरेको छ । 

जिल्ला विकास समितिलाई विद्युत् मार्फत आउने राजस्वको केही प्रतिशत विद्युत् प्राधिकरणलाई छुट्याउन आग्रह गर्दा पनि बेवास्ता गरेको कार्यालयको भनाइ छ ।

दोलखामा गम्भीर दुर्घटना हुनसक्ने

नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले विस्तार भएका विद्युत् प्रसारण लाइन जिर्ण भएका कारण दोलखामा गम्भीर दुर्घटना हुनसक्ने औँल्याइएको छ ।

आर्थिक वर्ष २०७२-०७३ को प्रतिवेदनमा अनुसार कुनै दिन, कुनै पनि क्षण प्रसारण लाइनको कारण गम्भीर दुर्घटना हुनसक्ने शाखाले जनाएको हो । जिल्लाका विभिन्न स्थानमा गाडिएको चार हजार काठको पोल जीर्ण अवस्थामा रहेको र फेरबदलको लागि कुनै पहलन बताइएको छ ।

जिल्लामा ३३ केभी प्रसारण लाइन रहेकामा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहने, सिंगटी सवस्टेसन चालु हुननसक्दा ११ केभी प्रसारण लाइन समेत अवरुद्ध हुने गरेको शाखाका लेखाप्रमुख टेकबहादुर श्रेष्ठले जानकारी दिए । जिल्लामा ३३ केभी लाइन १३१ किलोमिटर, ११ केभी लाइन ३८३ किलोमिटर र ४००-२३० भोल्ट लाइन ०५२ किलोमिटर रहेको तथ्याङ्कमा उल्लेख छ । 

जिल्लामा १० आंशिक र ११ पूर्णरुपले विद्युतीकरण हुन बाँकी गाविस रहेको र २७ गाविस र दुई नगरपालिकामा भने राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको त्यस्तै समुदायस्तरबाट चार गाविसमा विद्युतीकरण भएको र ती स्थानमा समेत पोल जीर्ण भए पछि कुनै पनि बेला दुर्घटना हुनसक्ने औँल्याइएको हो । स्रोत विकास न्यूज डटकम

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.