Powered by Blogger.
सिंगटी बजारमा अरिंङगालले टोकर एकको मृत्यु

दोलखा, ८ साउन । दोलखा जिल्लाको लादुक–८ सिंगटी बजारमा अरिंङगालले टोकेर एक जनाको मृत्यु भएको छ । 

सो स्थानमा ज्यामी काम गरी बस्ने धादिङ्ग थाक्रे–४ का ४० बर्षीय हरि रेग्मी शुक्रबार जङ्गलमा अरिंङगालको गोलो झार्ने क्रममा अरिंगालले टोकेर गम्भीर घाइते भएका थिए । 

घाइते रेग्मीलाई उपचारका लागि जिल्ला प्राथामिक स्वास्थ्य केन्द्र चरिकोट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.