Powered by Blogger.
क्षमावती उच्च माध्यमिकको पुनःनिर्माणमा जुटे शिक्षक र विद्यार्थी

काठमाडौं, २७ भदौ । दोलखा जिल्लाको क्षमावती उच्च माध्यमिक विद्यालयको १ करोड १० लाख रुपैयाँको लागतमा पुनः निर्माण कार्य सुरू भएको छ । उच्चमाविका पूर्व विद्यार्थी र शिक्षकहरूले विद्यालयको पुनः निर्माण सुरु गरेका हुन् ।

२०७२ को भूकम्पले विद्यालयको भवन पूर्ण रूपमा क्षति पु¥याएपछि ‘क्षमावती उमावि पूर्व शिक्षक विद्यार्थी समाज नेपाल’ ले विद्यालयको पुनः निर्माण सुरू गरेको हो । 

एक करोड १० लाख रुपैयाँमा निर्माण हुने आधुनिक भूकम्प प्रतिरोधी विद्यालयको मुल भवन पूनःनिर्माण भइरहेको समाजका प्रमुख आर्किटेक्ट रमेश मानन्धरले जानकारी गराए ।

समाजको सहयोगमा ६० लाख रुपैयाँको लागतमा विद्यालय परिसरमा अत्याधुनिक भूकम्पप्रतिरोधि छात्रावासको निर्माण सम्पन्न भएको छ । 

विगत चार वर्षदेखि समाजले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्दै आएको छ । क्षमावती उच्च माध्यमिक विद्यालय जनकपुर अञ्चल कै सबैभन्दा पुरानो विद्यालय हो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.