Powered by Blogger.
गर्भपतन रोक्न सकृय भूमिका खेल्छु: केसी

काठमाडौं, २६ भदौ । रिवन इन्टरटेनमेन्ट प्रालिले लिंगका आधारमा गर्भपतन गर्ने विकृतिविरुद्ध आवाज उठाउनका लागि विवाहित महिलाहरुलाई सहभागि गराएर सौन्दर्य प्रतियोगिता सुरु गरेको छ ।
 विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक प्रतिस्प्रधा गर्दै आएको रिवन इन्टरटेनमेन्टले यस क्रममा गृहिणी र विभिन्न पेशामा आबद्ध रहेका विबाहित महिलाहरुबिच ‘मिसेस नेपाल इन्टरनेशनल २०१६’ आयोजना गरेको हो ।

गर्भमा छोरी देखिए गर्भपतन गर्ने विकृतिविरुद्ध महिलाहरुबाटै आवाज बुलन्द गर्ने उद्धेश्यले दोस्रो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विबाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि प्रतियोगिताले सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएके छ ।

प्रतियोगितामा ४२ प्रतियोगीहरु रहेका छन् । जसमध्येकि एक हुन् चुना केसी । उनि भूर्ण हत्या रोक्नु पर्छ भन्ने अभियान देशभर फैलाउनका लागि प्रतियोगितामा भाग लिएको बताउँछिन् । साथै गर्भपतन पनि रोक्नु पर्ने उनको भनाई छ । दोलखा जिल्ला च्यामा ५ घर भएकी केसी यस अघि पनि विभिन्न सामाजिक काममा सक्रिय छिन् ।
यस अघ दिनदुःखीहरुलाई सहयोग गर्दै आएकी केसी आगामी दिनमा भूर्णहत्याका विषयमा जनचेजतना जगाउने अभियानमा लाग्ने उनी बताउँछीन । ‘अझै पनि नेपालमा छोरा र छोरीबीचमा निकै ठूलो विभेद छ, विभेदको सुरुवात भूर्ण हत्या हो । भूर्ण हत्या रोक्ने अभियानमा लाग्नु पर्छ ।’ उनले भनिन्, ‘यो विभेद अन्त्य गर्नका लागि हामी एक जुट हुनुपर्छ त्यसका लागि मैले पनि मिसेस नेपालमा भाग लिएको हुँ ।’ 
समाजले छोरा जन्माउने पनि छोरी हो भन्ने कुरा नबुझेका कारण भूर्णणहत्या जस्तो जघन्य अपराध हुने गरेको भन्दै समाजमा जनचेतना जगाउन सकेको खण्डमा भूर्ण हत्यामा कमी आउने उनको विश्वास छ । यस अघि केसीले नवलपरासी जिल्लामा रहेको थारु समुदायका विद्यार्थीहरुलाई शिक्षण सामग्री वितरण गरेकी छिन भने दोलखा जिल्लाको च्यामामा रहेको महेन्द्र उच्च माविमा ल्याबका सामान वितरण गरेकि थिईन ।
 
भूर्ण हत्या रोक्ने उनको अभियानलाई सहयोग गर्न र मिसेस नेपालमा बिजेता बनाउन चाहनेहरुले भोट समेत गर्न सकिने छ । त्यसका लागि एमएनआइ स्पेश ३४ टाइप गरेर ३५००५ मा एसएमएस गर्न सकिने छ । प्रतियोगिताको अन्तिम छनोट असाेज ३ गते आर्मी अफिसर क्लबमा हुने छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.