Powered by Blogger.
क्यानभासमा सजिएको गैरीमुदीको कला ‘दोलखा एल्वम’ आर्टुडियोमा (फोटो फिचर)

काठमाडौं, २ भदौ । कलाप्रतिको सामाजिक दृष्टिकोणलाई मध्यनजर गर्दै आर्टुडियोको संयोजनमा ‘दोलखा एल्वम’ शीर्षकमा २८ गतेदेखि नौ दिने कला प्रदर्शनी स्वयम्भुस्थित आर्टुडियोमा चलिरहेको छ । 

दोलखाको गैरीमुदीका ७, ८ र ९ बैशाख २१ देखि सातदिने आवासीय कला कार्यशाला गरिएको सम्पन्न भएको थियो । आवासीय कार्यशालामा कलाकारहरु सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र मर्हजन, राजन श्रेष्ठ र अभिमन्यू दीक्षित सहभागी भएका थिए ।

 उनीहरुले दोलखामा तयार गरिएका तथा त्यहाँको प्रभावलाई कलात्मक रुपमा व्यक्त गरेका कलाकृति प्रदर्शनीमा राखिएको छ । सो कार्यशाला र प्रदर्शनीको संयोजनको भूमिका कलाकार कैलाश कुमार श्रेष्ठ गरेका थिए ।

समुदायका विषयलाई कलामार्फत व्यक्त गर्ने उद्देश्य राखेर गरिएको कला कार्यशाला र प्रदर्शनीले स्थानीय रुपमा पाइने अर्गानिक माध्यमलाई पनि कलामा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यो कार्यशाला काठमाडौंमा मात्रै केन्द्रित कला माहोललाई समुदायको बीचमा लैजान र त्यहाँका अन्तरकथालाई बुझ्न महत्वपूर्ण काम ग¥यो ।

सो प्रदर्शनीमा सहभागी कलाकार सुजन डंगोलले मानिसले प्रयोग गर्ने गरेका र गरिसकेका विभिन्न सामग्रीलाई कलाका रुपमा प्रस्तुत गरेका छन् । त्यस्तै अर्का कलाकार सन्ध्या सिलवालले स्थानीय जेष्ठ नागरिकका भावनात्मक मुहार आकृति बाँसको सुप्लामा बनाएकी छन् । 

सुरेन्द्र महर्जनले परिधि शीर्षकमा बाँसघारीमा आवासको परिकल्पना गरी तिनमा मानिसको दिनदैनिकीलाई प्रस्तुत गरेका छन् । राजन श्रेष्ठले सहनाई र ट्याम्कोको धुनलाई संगीतका रुपमा प्रयोग गरी स्थानीयका भावनालाई डिजिटल रुपमा उतारेका कला प्रदर्शनीमा राखेका छन् । त्यस्तै सिने कलाकार अभिमन्यू दीक्षितले ‘सपना’ शीर्षकमा स्थानीयबासीलाई नै कलाकार बनाएर १५ मिनेटको फिल्म बनाएका छन् ।

‘गैरीमुदीमा कलाकारहरु रहँदा र समुदायसँगै सहकार्य गरी सिर्जना गरिएका कलाकृतिहरु र कलात्मक गतिविधिले समुदायमा छोडेको भावनात्मक प्रभाव मात्र होइन, भूकम्पले तहसनहस बनाइदिएको गैरीमुदीवासीलाई आर्थिक, मानसिक, भौतिक र भावनात्मक पट्टी लगाउन पनि अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न सफल रह्यो दोलखा एल्वमले,’ आर्टुडियोका संस्थापक तथा कलाकार कैलाश कुमार श्रेष्ठले बताए । 

श्रेष्ठको संयोजनमा दोलखाको गैरीमुदीमा सामुदायिक कला केन्द्र स्थापना गरिएको छन् । त्यसलाई मूर्त रुप दिन दोलखा एल्वमले सहयोग पु¥याउने लक्ष्य रहेको श्रेष्ठको भनाई छ ।
तस्विरहरुः यूगल श्रेष्ठ- शशिम शाक्य









0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.