Powered by Blogger.
‘दोलखाको पवटीमा पाइन थाल्यो स्वास्थ्यवर्धक फल पेपिनो मेलन’

 
काठमाडौं, २ भदौ । नेपाल कृषि प्रधान देश भएर पनि उत्पादन हुने सामग्रीको सरकारले समयमा नै पहिचान र प्रचार–प्रसार गर्न नसक्दा धेरै जडिबुटी खेर गईरहेका छन् । तीनै जडिबुटी मध्येको एक हो पेपिनो मेलन हिमाली तथा पहाडी क्षेत्रमा पाउन उब्जाउ गर्न सकिने मेलन विभिन्न रोगको सहजै उपचार गर्न सकिने जडिबुटी हो । 

नेपालमा सुरु गरिएको नयाँ खेती पेपिनो मेलन दोलखा जिल्ला, ६ पवटीमा भने पाउन सकिन्छ । विगत तीन वर्षदेखि सञ्चालनमा आएको  एकिकृत समर्पण कृषि तथा पशु उत्पादन फर्ममा पाउन सकिन्छ । फर्ममा पोपिनो मिलनको विरुवाका साथै फल समेत पाउन सकिने फर्मका प्रोपाइटर राम प्रसाद शिवाकोटी बताउँछन् । 

यसको फल चिनी रोगका लागि औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्न सकेको खण्डमा दर्जन भन्दा बढी रोगको उपचार गर्न सकिन्छ । 

यसको विरुवा आफै रोप्न चाहेको खण्डमा एकीकृत फर्ममा सम्पर्क गर्न सकिने प्रोपाइटर शिवाकोटीको भनाई छ । विरुवाका लागि सय रुपैयाँ र फल लिनका लागि प्रतिकेजी दुई सय रुपैयाँ पर्दछ । फर्मले धादिंग लगाएतका ठाँउमा विरुवा सप्लाई गरिरहेको छ । 

यसको प्रयोग आयुर्वेदीक औषधीको रुपमा बढी प्रयोगमा आउने गरेको छ । अर्गानीक पसलमा समेत पाउन सकिने फलको प्रचार प्रसारमा राज्यले ध्यान नदिएको शिवाकोटीको भनाई छ । 

मधुमेहको रोगीका लागि अति नै उपयोगी हुने विरुवा रोपेको ६ महिनामा यसको फल तयार हुने गर्दछ । टनेलमा लगाउनेहरुले १२ महिना नै लगाउन सकिन्छ । चार फिट सम्मको हुने गर्दछ । थोरै लगानीमा धेरै आम्दानी गर्नका लागि यो फल लिनका लागि यो फल निकै प्रभावकारी मानिएको छ ।

अत्यन्त स्वास्थ्यवर्धक फल र नेपालका लागि नयाँ फल पेपिनो मेलन बढि उपभोग हुने स्थानः जापान, यूरोप दक्षिण  अमेरिका पेपिनो मेलनको उद्गम स्थानः पेरु, चिली हो । 

पेपिन मेलन उपभोगले गर्ने फाइदाहरुः

डाइबिटिज (चिनी) रोगका बिरामीलार्इ
मृर्गोला रोगका बिरामीलाई
कलेलो रोगीका बिरामीलाई
क्यान्सर रोगका बिरामीलाई
हृदयघातका बिरामीलाई
उच्च रक्तचापका बिरामीलाई 
रक्त अल्पताका बिरामीलाई
पेट दुख्ने,कब्जियत,अपच, खानाको अरुची हुनेलाई
मांशपेसी कसिलो बनाउन र छालामा चमक ल्याउन,
तौल घटाउन,

पेपिनो मेलनमा हुने तत्वहरुः

मिटामिनहरुः ए,बी,सी,इ, के
प्रोटिन, आइरन, कपन (इम्युन सिस्टमबाट क्याल्सियम बढाउँछ)
न्यून क्यालोरी
सोडियम फ्रि, 
रेशायुक्त फल,
सुगर फ्रि,
पेपिनो मेलनको स्वादः पाकेको फल मह, आँप, खरबुजा, काँक्रो, भुईकटहर आँदी मिश्रीत मिठो स्वादमा पाउन सकिन्छ । यसको विरुवा वा फल आवश्यक पर्नेले राम प्रसाद शिवाकोटीलाई ९८५१०४९९३४ मा सक्पर्क समेत गर्न सकिन्छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.