Powered by Blogger.
दोलखा काठमाडौ सम्पर्क मञ्चद्वारा आयोजीत मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न, ईलाका नम्बर ३ विजेता

काठमाडौं, ३१ साउन । नेकपा (एमाले) दोलखा–काठमाडौ सम्पर्क मञ्चले ईलाका स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । 

त्रिरपूरेश्वरस्थित कबड हलमा आयोजीत खेलमा ईलाका नम्बर ३ विजेता बनेको छ । खेलमा ईलाका नम्बर ९ उपविजेता बनेको छ भने ईलाका नम्बर ५ तेस्रो, ईलाका नम्बर १ चौथो भएको छ । 

खेलमा ११ इलाका र भिमेश्वर नगरपालिका सहित १२ टिम सहभागी  थिए । प्रथम हुनेले सिल सहित २५ हजार , उपबिजेताले १५ हजार र तेस्रोले १० हजार नगद पाएको छ । खेलको उद्घाटन गर्दै एमाले सचिव योगेश भट्टराईले खेल खेल्दा अन्तर्राष्ट्रिय शैलीमा खेल्नु पर्ने धारणा राखे । 

उनले भने ‘खेलमा अन्तराष्ट्रिय नियम नियम पालना गर्नुपर्छ, नेपालमा राजनीतिमा यो हुन सकेन, यो प्राक्टिस बसाउनु पर्छ ।’ उनले ओली सरकारले तोकेको समयमा स्थानीय निकाय लगाएत सबै निर्वाचन गराउन आग्रह गरे । कार्यक्रममा जिल्लाका विभिन्न नेता तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । 




0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.