Powered by Blogger.
लामाबगरमा पहिरोजाँदा दुईको मृत्यु, पाँच वेपत्ता

दोलखाः दोलखा जिल्लाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने ठाँउमा गएराति पहिरोदाँजा दुइ जनाको मृत्यु भएको भने पाँचजना स्थानीय हराइरहेका छन् । 

हराइरहेका सातमध्ये हालसम्म दुईजनाको शव पहिरोभित्रबाट निकालिएको  प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए । पहिरोमा भेटिएका दुई मध्ये २० वर्षीय जोतुले तामाङको रहेको र अर्को एकको पहिचान खुल्न नसकेको बताइएको छ । गएराति अविरल परेको वर्षाका कारण राति करिब १०÷११ बजे पहिरो झर्दा उद्धारमा समस्या परेको बताइएको छ 

पहिरोबाट ५३ वर्षीय चिनियाँ नागरिक चि घाइते अवस्थामा भेटिएको बताइएको छ । उनको खुट्टा भाँचिएको छ भने एक स्थानीयवासीलाई पनि घाइते अवस्थामा प्रहरीले उद्धार गरेको बताएको छ । 

घाइतेलाई उपचार गर्न लैजान हेलिकप्टर मगाइएको बताइएको छ । पहिरोका कारण सिङगटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध भएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.