Powered by Blogger.
सरकारले चाहेमा छिटो खोल्न सकिन्छ लामाबगर नाका, सिन्धुली बर्दिबास हुँदै भारततर्फको व्यापार गर्न सहज

दोलखा, ३१ असार । भारतले गरेको लगभग ६ महिना लामो नाकाबन्दी पछि चीनसँग सिमाना जोडिएका उत्तरी नाकाहरु खोल्ने विषयमा केही चर्चा भएको थियो । त्यो चर्चा सुरु भएको केही समयमा नै बन्द भयो । उत्तरी केही नाकामा भौगोलिक अवस्थिति, बाटोको अवस्थालगायत कारण समय समयमा अवरोध हुने गरेको छ ।  

लगभग सात महिना अघि नै सरकारले चीनसँग सिमाना जोडिएका नौ वटै नाका खुलाउन पहल गर्ने निर्णय गरेको थियो । सरकारले भूकम्पका कारण अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के नाका खुलाउने निर्णय गरेको हो । तीमध्ये केही नाका दुवै मुलुकले चाहे पनि तत्काल खुलाउन सक्ने अवस्थाका छैनन् ।

सरकारी प्रथामिकतामा परेका नौ नाकामध्ये कूटनीतिक पहल, सडक स्तरोन्नति र निर्माणले तीव्रता पाउने हो भने तत्कालका लागि तातोपानी, रसुवागढी र कोरलाबाहेक अन्य नाका सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन् । लामो समयदेखि सञ्चालमा आएको तातोपानी नाका अघिल्लो साता भोटेकोशीमा बढेको पानीको बहाबका कारण निकै अवरोध भएको छ । यसको असर निकै पर्ने भएको छ ।   

करिब १८ किमी ट्र्याक खोल्ने हो भने दुई देशबीच सडक जोडन सकिन्छ । पुरानो व्यापारिक नाका लामाबगरलाई सरकारले प्राथमिकतामा राखेको छैन । तातोपानी नाकाको तुलनामा यो नाकाबाट तिब्बतको टिंग्री सहरबाट झन्डै ७१ किमी नजिकसमेत पर्छ ।

यो नाकाबाट चीनको सबैभन्दा नजिकको बस्ती करिब १० किमी मात्र टाढा पर्छ । लामाबगरबाट तिब्बत जोड्ने छोटो नाका ङ्याङलुङ हो । लामाबगरबाट ङ्याङलुङ पुग्न करिब २१ किमी दुरी छ । नेपालतर्फ करिब ३ किमी खनेर निर्माण काम रोकिएको छ । लामाबगरमा बनिरहेको तामाकोसी जलविद्युत आयोजनाका कारण सडक निर्माणका काम रोकिन पुगेको हो ।

ब्लास्टिङ तथा अन्य विष्फोटका काम गरेर सडक निर्माण गर्दा जलविधुतको बाँधमा असर गर्ने भएपछि निर्माणमा अवरोध भएको हो । जलविद्युत आयोजना बनाइरहेको कम्पनीले बाँकी रहेको सडकमध्ये करिब ८ सय मिटर सुरुङ निर्माण गरेर नाकासम्म सडक जोडने बताएको छ । तर, उक्त कार्यका लागि विद्युत प्राधिकरणले सहमति नदिँदा काम रोकिन पुगेको हो ।

यदि त्यसलाई प्राथमिकतामा राखेर निर्माण थाल्ने हो भने सबैभन्दा छिटो नाका खुल्थ्यो, उनले भने, उक्त नाकाबाट काठमाडौंमा सिन्धुपाल्चोक हुँदै आउन सकिनुका साथै सिन्धुली बर्दिबास हुँदै भारत तर्फसमेत व्यापार गर्न सहज हुनेछ । लामाबगरदेखि सदरमुकाम चरिकोटसम्म ६८ किमी सडक निर्माण भइसकेको छ । तामाकोसी बजारबाट सिन्धुलीसम्म ५५ किमी कालोपत्रे सडक छ ।

दोलखाको सिंगटीदेखि लामाबगरसम्मको २९ किमी सडक ग्राभेल गरिएको डबल लेनको छ । उक्त नाका जोड्ने चरिकोट–खाडीचौर सडक समेत दुई वर्षभित्र दुई लेनकै भैसक्ने प्रवक्ता कार्कीले बताए । उनका अनुसार चरिकोटबाट अरनिको राजमार्ग हुँदै काठमाडौं एक सय ३३ किमी कालोपत्रे सडक छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.