Powered by Blogger.
ग्रेडिङ प्रणालीमा एसएलसीको नतिजा प्रकाशित हुँदाको असर प्राविधिक शिक्षालय जिरीमा पनि

चन्द्र खड्का 

जिरी, १ साउन । यो वर्षबाट एसएसलसीको नतिजा अक्षरांक प्रणालीमा सार्वजनीक भएपछि त्यसको प्रभाव प्राविधिक शिक्षालय तर्फ देखिएको छ । 

विद्यार्थी फेलहुने परम्पराको अन्तगर्न फलामे ढोका मानिदै आएको एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजानीक भएपछि कम ग्रेडमा उत्तिर्णहरुको भिडले जिरीे प्राविक शिक्षालयमा कुम्भ मेला लाग्न थालेको छ । 

कम ग्रेड आउनेहरुलाई कक्षा ११ मा भर्ना हनु समेत समस्या हुने भए पछि विद्यार्थीहरुको ध्यान प्राविधिक शिक्षालय तर्फ केन्द्रित हुन थालेको हो । दैनिक जसो जिरी प्राविधिक शिक्षालयमा मात्र भर्ना हुन सय जनाको हाराहारीमा आउने गरेका छन् ।

कुनै पनि एक विषयमा ४० जना विद्यार्थीको कोटा हुने भए पनि अहिले शिक्षालयमा अत्याधिक विद्यार्थीहरु भर्ना हुनका लागि फारम भर्ने काम गरिरहेका छन् । प्राविधिक शिक्षाका लागि सि गेडले पनि सजिलै भर्ना हुन पाउने र प्राविधिक शिक्षा अध्ययन पुरा गरेपछि चाँडै रोजगार पाउने साथै सिपको सदुपयोग गरि स्वरोजगार पनि बन्न सकिने भएकाले पनि विद्यार्थीहरुको ध्यान प्राविधिक शिक्षालय तर्पm केन्द्रित भएको हो ।  

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.