Powered by Blogger.
जनता ठग्ने जनमुखी बचत तथा ऋण सहकारीका सञ्चालकलाई जेल चलान गर्न आदेश

काठमाडौं, २७ असार । दोलखास्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र ऋणहरूलाई अदालतले जेल चलान गर्न आदेश दिएको छ । 

सहकारीका ऋण विभागकी कर्मचारी इन्दिरा कार्की १ लाख र ऋण उपसमिति सदस्यहरू रमेश दाहाल र जुना मिजार जनही ५ लाख धरौटीमा रिहा भएका छन् ।

पुनरावेदन अदालत पाटनमा शुक्रबार बहसपछि भएको आदेशले व्यवस्थापकसहित सदस्यहरूलाई जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । जिल्ला अदालत दोलखाले डेढ महिनाअघि अभियुक्त सबैलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै विपक्षीहरू पुनरावेदन अदालत पुगेका थिए ।

पुनरावेदनको आदेशपछि व्यवस्थापक माधवप्रसाद दाहाल, अध्यक्ष माधवप्रसाद दाहाल, सचिव कृष्णप्रसाद दाहाल र ऋणहरू दीपककुमार राउत र राधाकृष्ण दाहाल पुर्पक्षमा बस्नु पर्ने भएको छ । हाल व्यवस्थापक कारागारमा छन् भने अध्यक्ष, सचिव र ऋणीद्वय फरार छन् ।
स्रोत: सहकारी खबर डटकम

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.