Powered by Blogger.
नक्कली सुन देखाएर १५ लाख ठग्ने चार जना पक्राउ

दोलखा, २६ असार । जिल्ला प्रहरी कार्यलय दोलखाले नक्कली सुन सहित चार जनालाई पक्राउ गरेको छ ।


एक किलो नक्कली सुन देखाई १५ लाख रुपैयाँ ठगी गर्ने सिन्धुपाल्चोक गाती– ७ का दावा ग्याल्जेन शेर्पा र गोपाल श्रेष्ठ, बाह्रबिसे –४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोही घटनामा थप चार देखि पाँचजना फरार छन् । गत वैशाख २१ गते भीमेश्वर नगरपालिका –७, जिलु घर भई हाल भीमेश्वर नगरपालिका– १ बसपार्कमा फेन्सी व्यवसाय गरी बसेकी मेनुका चौलागाईंलाई प्रलोभनमा पारी १५ लाख ठगी गरेको दोलखा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनीहरुलाई सङ्गठित सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुविरुद्ध सङ्गठित ठगीको महल अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरी दोलखा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.