Powered by Blogger.
जिरीमा रक्त चाप जाँच तालिम सम्पन्न

जिरी, २२ असार । दोलखाको जिरीमा दुई दिने रक्त चाप जाँच तालिम सम्पन्न भएको छ । 

जिरी नगरपालिका वडा नं. २ मालीमा रहेको जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लि. सँगको सहकार्यमा काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले जनसहयोगी साकोस मालीमा आवद्ध विभिन्न संघ संस्थाका १४ जनालाई रक्त चाप जाँच तालिम दिएको हो । 

पछिल्लो समय रक्त चापको समस्याले आम नेपालीमा विकरल रुप लिइरहेको अवस्थामा काठमाण्डौं विश्व विद्यालयले जनसहयोगी साकोस मालीसँग सहकार्य गर्दै २ दिने रक्त चाप जाँच तालिम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भक्त के.सी.को सभापतित्वमा भएको समापन कार्यक्रममा तालिम पश्चात ग्रामिण क्षेत्रका स्थानियहरुका लागि अत्यन्त लाभदायी बनेको र आफुहरुले सिकेको सिपको सहि सदुपयोग गर्ने तालिमका सहभागी सेतीदेवी प्रा.वि.का प्रधानध्यापक ङावा शेर्पाले बताए । त्यस्तै तालिमका प्रशिक्षक डा. बद्रि के.सी.ले तालिम लिएका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई सिकेको सिपको सहि सदुपयोग गर्न अनुरोध गर्दै आगमि दिनमा पुनः यस्ता कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता गरे ।

 कार्यक्रममा दोलखा जिल्ला बचत संघका उपाध्यक्ष भूमिराज खड्काले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिममा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको छ भने सहभागी संस्थाहरुलाई एक÷एक थान वि.पि. सेट वितरण गरिएको छ । तालिममा रक्तचापको विषयमा प्रशिक्षण दिनुका साथै रक्त चाप जाँच सम्बन्धि सामान्य रुपमा तालिम दिईएको थियो । तालिम पश्चात स्वास्थ्य संस्थाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानियहरुलाई प्रथामिक उपचारको रुपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.