Powered by Blogger.
दोलखाका भूकम्प पीडितका १७ हजार गुनासा दर्ता, साढे आठ हजार घरधुरीलाई पहिलो किस्ता भुक्तानी

काठमाडौ, ९ साउन । अघिल्लो वर्षको १२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट अतिप्रभावित १२ जिल्लाका दुई लाख ६५ हजार एक सय ८२ घरधुरीसँग निजी आवस पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेको छ । 

संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार आज (आइतबार) सम्ममा एक लाख तीन हजार नौ सय ९१ गुनासा दर्ता भएको उल्लेख छ । 

भूकम्पबाट क्षतिग्रस्त नीजि आवास पुन निर्माणका लागि पहिचान गरिएको लाभग्राहीलाई बैंंक तथा वित्तिय संस्थामार्फत अनुदान हस्तान्तरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले ‘क’, ‘ख’ र  ‘ग‘ वर्गका बैंकले अनुदान वितरण गर्ने बताइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा १२ पाँच लाख ३३ हजार एक सय ५५ लाभग्राहीको संख्या रहेको छ । मन्त्रालयले हालसम्म दुई लाख ६५ हजार एक सय ८२ घरघुरीसँग अनुदान सम्झौता गरेको छ । हालसम्म ३९ हजार सात सय २ घरधुरीलाई प्रथम किस्ता भुक्तानी गरिएको छ । 

भूकम्प गएको १५ महिना वितिसक्दा पनि सरकारले समयमा नै आवास निर्माणका लागि अनुदान नदिएका भन्दै गुनासो गर्नेको सख्या पनि बढदै गएको छ । यो अवधिमा एक लाख तीन हजार नौ सय ९१ गुनासो दर्ता भएको छ । 

दोलखा जिल्लामा ५१ हजार सात सय ४९ लाभग्राही रहेकामा २२ हजार चार सय ६५ घुरधुरीसँग अनसदान सम्झौता सम्पन्न भएको र आठ हजार आठ सय १४ घरधुरीलाई प्रथम किस्ता भुक्तानी गरिएको छ । यो अवधिमा १७ हजार दुई सय ८७ गुनासा दर्ता भएका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.