Powered by Blogger.
टिकट बुकिङ देखि ट्रेकिङसम्मको सारथी प्लानेट वल्ड ट्राभल्स एण्ड टुर

काठमाडौं, ६ साउन । नेपालमा पर्यटकहरुको आवगमनसँगै ट्राभल्सहरु खुल्ने क्रम विस्तारै बढदै गएको छ ।
यही भिडमा आफ्नो उपस्थितीलाई दर्बीलो बनाउँदै गएको छ प्लानेट वल्ड ट्राभल्स एण्ड टुर प्रालीले ।

राजधानीको मुटु बागबजारमा रहेको यो ट्राभल्सले स्वदेश तथा विदेशी टिकेटिङको काम गर्दै आएको छ । अनुभवी व्यक्तिहरुद्वारा सञ्चालनमा ल्याईएको ट्राभल्सले इन्टरनेशनल एयर टिकेटिङ र डोमेस्टिक एयर टिकेटिङको काम गरेर सेवाग्राहीहरुलाई सरल र सहज सेवा प्रदान गरिरहेको छ ।

भ्याकेशन टुर मध्ये विन्टर, समर र दशै भ्याकेशन मनाएर रमाईलो गर्न चाहने तथा र्याफट्रीङ, बन्जीजम्प, प्याराग्लाईडिङ, रक क्लाईमिङ, बोट रेसिङ र माउन्टेन बाईकिङ गर्न चाहनेहरुका लागि प्लानेट वल्ड ट्राभल्स एण्ड टुरले सारथीका काम गरि रहेको छ । ट्राभल्सले शैक्षिक भ्रमणका साथै धार्मिक तथा कृषि भ्रमणका लागि पनि ट्राभल्सले सारथीको रुपमा काम गरेको छ । 


देशमा आन्तरिक पर्यटकको प्रवर्दन गर्नुका साथै विदेशी पर्यटकहरुको आकर्षणलाई पनि बढवा दिनु पर्नेमा जोड दिँदै आएका ट्राभल्सका सञ्चालक तारालाल घिसिङ भन्छन ‘हामीले टिकेटिङका साथै विदेशी पर्यटक नेपालमा ल्याउने कामलाई तिब्रताका साथ अघि बढी रहेका छौं ।’ ट्राभल्सले समय समयमा विधिन्न ट्रोकिङ प्याकेजहरु पनि ल्याउने गरेको छ । 

ट्राभल्सले पछिल्लो समयमा आठ वटा प्याकेज सार्वजनीक गरेको छ जसमा एभरेष्ट, अन्नपूर्ण, घोरेपानी घान्द्रुक, च्छोरोल्पा, चिसापानी, मुत्तीनाथ, धुलीखेल र लाङटाङ गोसाइकुण्ड ट्रेक रहेका छन् । यस मध्ये पनि स्पेशल प्याकेजमा पोखरा टुर तीन दिन दुई रात, चितवन टुर तीन दिन दुई रात, लुम्बीनी तीन दिन दुई रात, धुलीखेल दुई दिन एक रात र नगरकोट दुई दिन एक रात रहेको छ । यो प्याकेजमा आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि खुल्ला रहेको छ ।  यो ट्राभल्सको शाखा अमेरिकाम समेत रहेको छ । 

ट्राभल्सले अहिले पनि मलेसिया थाइल्याण्ड, दुवै, सिंघापुर, चीनका साथै यूरोपमा समेत विभिन्न प्याकेज लगि रहेको छ । जसका कारण ती देशमा रहेको मानीसले समेत सर्वसुलभ रुपमा सेवा पाईरहेका छन् । आगामी दिनमा सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै आफ्नो सेवालाई विस्तार गर्दै जाने योजनामा रहेको घिसिङको भनाई छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.