Powered by Blogger.
दोलखामा नयाँ सडकको ट्रयाक खोल्न बजेट विनियोजन नहुने, कच्ची सडकको स्तरोन्नती गर्ने तयारी

दोलखा, ३ साउन । आर्थिक वर्ष २०७३-०७४ बाट जिल्ला विकास समिति दोलखाले नयाँ सडकको ट्रयाक खोल्न बजेट बिनीयोजन नगर्ने भएको छ । विगतका वर्षहरुमा जति ग्रामिण सडकका ट्रयाकहरु खोलीएका थिए,ती सडकको स्तरोन्नती हुन नसकेपछि नयाँ ट्रयाक खोल्न रोक्ने भएको हो ।

जिवीस दोलखाले पहिला ट्रयाक खोलेका सडकको स्तरोन्नतीका लागि नयाँ ट्रयाकका लागि बजेट बिनीयोजन नगर्ने जनाएको छ । जिल्लामा यस अघि खुलेका सडकको मर्मत तथा स्तरोन्नती हुन नसक्दा वर्षौदेखि सडकका लागि बिनीयोजीत बजेट बालुवामा पानी खन्याए सरह हुँदै गएको छ । गाँउ गाँउमा अनावश्यक रुपमा घरैपिच्छे जस्तो सडक पुगेपनि ती सडकको स्तरोन्नती हुन नसक्दा हिँउदको समयमा लगभग तीन चार महिना जति मात्र नियमीत सवारीका साधनहरु सञ्चालन हुने गरेका छन् ।

पानी पर्ने मौसम सुरु भएसँगै ग्रामीण सडक बन्द हुने गरेका छन् । कच्ची सडकमा नियमीत सवारीका साधन सञ्चालनमा ल्याउने उद्देश्यका साथ जिवीस दोलखाले नयाँ सडकको ट्रयाक खोल्न प्रोत्साहन नगर्ने र कच्ची सडकको स्तरोन्नती गने तर्फ ध्यान दिने भएको हो । दोलखाका स्थानीय विकास अधिकृत विष्णु प्रसाद शर्मा भन्छन‘ हामीले स्लोगन नै बनाएका छौं ‘अबको गती कच्ची सडकको स्तरोन्नती’ तसर्थ जिवीसले लगानी गर्ने सडकमा ट्रयाक खन्ने काममा लागनी गर्दैन । 

भएका कच्ची सडकलाई स्तरोन्नती गर्नुपर्छ भनेर यो कार्यक्रम ल्याएका हौं ।’ जिवीस दोलखाले नाम मात्रको सडक भएको र सडकको स्तरोन्नती नभएका कारण प्रयोग बिहीन हुनुका साथै जोखिम समेत बढने गरेकाले पहिला स्तरोन्नतीमा ध्यान दिन लागेको शर्माको भनाई छ । सडकको ट्रयाक मात्र खोल्ने र स्तरोन्नती हुन नसक्ने भएपछि खोलिएको ट्रयाकमा पहिरो आउने, खेती योग्य जमिनमा क्षती पुर्याउने जस्ता समस्या बढदै गएको सर्वसाधारण गुनासो छ । 

ग्रामीण क्षेत्रमा ट्रयाक खोलेर स्तरोन्नती हुन नसके अलपत्र अवस्थामा आठ सय पाँच किलोमिटर कच्ची सडक रहेको छ । यी सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउनका लागि कसरी कच्ची सडकको स्तरोन्नती गर्ने भन्नेमा जिविस दोलखाको ध्यान केन्द्रीत भएको शर्माको भनाई छ । उनी भन्छन ‘हामी नयाँ सडक विस्तार गर्दैनौ, भएका आठ सय पाँच किलोमिटरभन्दा बढी रहेका सडकमा कसरी बाह्रै महिना सवारी सहज रुपमा सञ्चालनमा ल्याउने भन्नेमा ध्यान केन्द्रीत रहेका छौं ।’ गाँउ गाँउमा पुगेका सडकको स्तरोन्नती हुन नसक्दा पानी पर्ने मौसममा सडक हिलाम्य हुनुका साथै पहिरोको समेत समस्या देखिदै गएको छ । 

एबिसि रिपोर्ट चन्द्र खडकाले दोलखाबाट हट न्यूज एक्सप्रेसका लागि तयार पारेको रिपोर्टबाट    

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.