Powered by Blogger.
अनुदान सम्झौताको काम अन्तिम चरणमा, एक हजार ८ सयको सम्झौता

जिरी, २४ जेठ । विनासकारी भूकम्प गएको १३ महिना पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिरी नगरपालिका भित्रका भूकम्पपीडितहरुलाई अवश निर्माणको लागि वितरण गर्न लागिएको अनुदान सम्झौताको काम अन्तिम चरणमा पु¥याएको छ । 

जिरी नगरपालिका भित्र जेष्ठ १२ गतेबाट अनुदान सम्झौताको काम सुरु गरेको प्राधिकरणले शुक्रबार सम्ममा नगरपालिकाको वडा नं. १ देखि क्रमश ९ सम्मका गरी १ हजार ८ सय ७९ जना भूकम्पपीडितहरुसँग अनुदान सम्झौताको काम सकाएको छ । 

नगरपालिकाले जारी गरेको सूचना अनुसार १२ गतेबाट क्रमश वडा नं. १ देखि वडा नं. ११ सम्म गरी जेष्ठ २४ गतेसम्ममा अनुदान सम्झौताको काम सम्पन्न गर्ने छ । शुक्रबारसम्म वडा नं. १ का ६० जना , वडा नं. २ का १ सय ८ जना, वडा नं. ३ का १ सय ७५ जना वडा नं. ४ का ३ सय जना, वडा नं. ५ का १ सय ६५ जना , वडा नं. ६ का ३ सय ३५ जना, वडा नं. ७ का ३ सय ७२ जना, वडा नं. ८ का २ सय ८ जना र वडा नं. ९ का १ सय ६६ जना गरी जम्मा १ हजार ८ सय ७९ जना भूकम्पपीडितहरुसँग अनुदान सम्झौताको काम सकिएको जिरी नगरपालिकाका कार्यकारी अधिकृत मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

वडा नं. १ देखि वडा नं. ९ सम्मका भूकम्पपीडितहरुसँग सम्झौताको काम सकिएकोले अब २३ गते आइतबार वडा नं. १० र सोमबार २४ गते वडा नं. ११ को भूकम्पपीडितहरुसँग सम्झौता गरेपछि सम्झौताको काम सकिने नगरपालिकाले जानकारी दिएको छ । विभिन्न कारणले सम्झौता गर्न छुटेका भूकम्पपीडितहरुसँग अनुदानको लागि अशाढ लागे पछि मात्र हुने बताईएको छ । 

अनुदान सम्झौतासँगै ‘क’ वर्गको भूकम्पपीडित परिचय पत्र पाएका तर अनुदान पाउने पीडितको सूचीमा नाम नपरेकाहरुको गुनासो संकलनको काम पनि अन्तिम चरणमा पुगेको छ । पहिलो दिनबाट अनुदान सम्झौतासँगै गुनासो फाराम संलकन गरेकोमा शुक्रबार बेलुकासम्ममा वडा नं. ९ सम्मका नाम छुटेका पीडितहरुले गुनासो फाराम भराएका छन् । जिरी नगरपालिका भित्रबाट मात्र ‘क’ वर्गको भूकम्पपीडित  परिचय पत्र पाउनेहरु मध्येबाट १ हजार १ सय ४९ जनाको नाम छुटेको छ भने ३ हजार ६ सय ९ जनाले आवश निर्माणका लागि अनुदान सम्झौता गर्दै छन् । 

जिरी सन्देश साप्ताहिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.